एपीएफलाई वालिङको चुनौती :महिला लिग

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका र बिराटनगर महानगरपालिका भिड्ने छन्। पहिलो खेल साढे ११ बजे सुरु हुनेछ।

त्यस्तै आज हुने दोस्रो खेलमा शसस्त्र प्रहरीको एपीएफ र वालिङ नगरपालिका भिड्ने छन्। प्रतियोगितामा उत्कृष्ट लयमा रहेको एपीएफ तालिकाको शीर्षस्थानमा छ भने क्यामुरुनी खेलाडी भित्र्याएको वालिङले पनि पछिल्लो समय लय सम्हालेको छ। खेल साढे २ बजे सुरु हुनेछ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..