प्रविधि र विषयवस्तुको रुपान्तरणले दर्शकको पहिलो रोजाइमा छ- नेपाल टेलिभिजन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं- नेपाली टेलिभिजन दुनियाँमा नेपालकै पहिलो टेलिभिजन च्यानल ‘नेपाल टेलिभिजन’ आजदेखि ३६ बर्ष पुरागरी ३७ ‍औं बर्षमा प्रवेश गरेको छ ।

२०४१ साल माघ १७ गते विधिवत् प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजन नेपालमा भएका हरेक राजनीतिक परिवर्तन र शासकीय रुपान्तरणका लागि समाचार र कार्यक्रम मार्फत योगदान गर्ने एकमात्र ‘साक्षी’ प्रसारण संस्थाका रुपमा स्थापित छ ।

विषयवस्तुमा समयसापेक्ष सुधार गर्दै प्रविधिमा रुपान्तरण गरेको नेपाल टेलिभिजनका हाल ५ वटा च्यानलहरु रहेका छन् ।

नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपर र एनटीभी इटहरी मार्फत आम दर्शकलाई दैनिक प्रसारण सेवा दिइरहेको छ ।

नेपाल टेलिभिजनले पछिल्लो समय शुरु गरेको ‘नेपालटीभीअनलाइन’ तथा यूट्युबलगायतका डिजिटल आउटलेटहरु अहिले लोकप्रिय बन्दै गएका छन ।

कार्यक्रममा गुणस्तरीयता र समाचारको विषयवस्तुमा विश्वसनीयताका साथै आधिकारिकताले नेपाल टेलिभिजन अझै दर्शकमाझ लोकप्रिय रहँदै आएको छ ।

२०४६ सालमा भएको आन्दोलन , २०६२/६३ को जनआन्दोलन र संविधानसभा निर्वाचन लगायतका विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्ष र परिवर्तनमा नेपाल टेलिभिजनको भुमिका महत्वपूर्ण रहँदै आएको छ ।

नेपालको संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र समतामूलक सामाजिक न्यायको मूलभुत पक्षलाई आत्मसाथ गर्दै नेपाल टेलिभिजनले आफ्ना प्रसारणका विषयवस्तुहरु पस्कने गरेको छ ।

विकास निर्माण तथा शिक्षा-स्वास्थ्य लगायत जनसरोकारका सवालमा सरकार र जनताबीच संचार सम्बन्ध स्थापित गर्न नेपाल टेलिभिजन सेतुको रुपमा रहेको छ ।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..