सुनसरी,२०७७ माघ १६ गते
धरान उपमहानगरपालिका-२ भानुचोकबाट १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धनकुटा, धनकुटा नगरपालिका-९ बेलहराबेसी बस्ने २३ वर्षीय कमल बिष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा कमललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कमल उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप भई यस सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

