क्रान्तिकारी माओवादीले भन्यो : संसद विघटन फाँसीवादी कमद

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले प्रतिनिधिसभा विघटनलाई गणतन्त्र, सङ्घीयता तथा धर्मनिरपेक्षताका विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फाँसीवादी कदम भएको बताएको छ।

मोहन वैध ‘किरण’ नेतृत्वको पार्टीको सम्पन्न केन्द्रीय समिति बैठकले नेपाली राजनीतिक क्षितिजमा तीन प्रकारका संभावना वा परिदृश्य देखापरेको विश्लेषण गरेकोछ। जसमा  पहिलो, संसदीय मध्यावधि निर्वाचन वा पुन:स्थापना गरिएका दुवै अवस्थामा विद्यमान सङ्कटको समाधान हुन नसक्ने उनीहरुको ठहर छ। दोस्रो, देशीय प्रतिक्रियावादी शक्तिहरुबीचका अन्तर्विरोध तथा वैदेशिक चलखेल बढ्दै गएमा वा अन्य कुनै कारणले मध्यावधि चुनाव हुन नसकेमा देश पुनरुत्थानवाद वा झनै निरङ्कुशतावादको बाटोमा जान सक्छ, तेस्रो, वामपन्थी, देशभक्त तथा जनवादी शक्तिहरु एकतावद्ध भई संयुक्त सङ्घर्षलाई प्रभावकारी ढङ्गले विकसित तुल्याउन सकेमा देश अग्रगामी निकास तर्फ अगाडि बढ्न सक्ने केन्द्रीय समितिले निष्कर्ष निकालेको छ।

क्रान्तिकारी माओवादीले देशभक्त, जनवादी तथा वामपन्थी शक्ति, समूह तथा व्यक्तित्वहरुका बीच बलियो संयुक्त मोर्चा तथा कार्यगत एकता गरी सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन आव्ह्नसमेत गरेको छ।

बैठकले नेपालको कृषि क्षेत्रमा विदेशी पुँजी लगानी गर्न दिने ओली सरकारको हालैको निर्णयले नेपालका आम साना किसानको जीवन निर्वाहको बाटो नै समाप्त गरिदिने र नेपाली कृषिजन्य व्यवशायलाई समेत विस्थापित गर्ने हुनाले यो निर्णय जनघाती मात्र होइन राष्ट्रघाती समेत भएको ठहर गरी त्यसको तुरुन्त खारेजीको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..