प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार समसामयिक विषयमा प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उनले वैशाखमा चुनावसमेत तय गरेका छन्।

प्रधानमन्त्रीको कदमलाई लिएर नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादीलगायत दलले विरोध गरिरहेका छन्। प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग ती दलको छ।

प्रधानमन्त्री ओलीले भने विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापना नहुने पछिल्लो समय देशका विभिन्न भागमा भएका कार्यक्रममा पुगेर बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..