ट्रम्पविरूद्ध फेरि महाअभियोग ल्याउने तयारी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कार्यकाल सकिन १० दिनमात्र बाँकी रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध फेरि महाअभियोग प्रस्ताव ल्याउने तयारी भइरहेको छ। तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले तत्काल राजीनामा नदिए ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याउने चेतावनी दिएकी छन्।

गत साता आफ्ना समर्थकहरूलाई संसद भवनमा हिंसा फैलाउन उक्साएका ट्रम्पलाई महाअभियोग लगाउन डेमोक्र्याटिकमात्र होइन रिपब्लिकन पार्टीकै नेताहरूले पनि माग गरेका छन्। राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणीकरण गर्न दुबै सदनको बैठक बसिरहेका बेला गत बुधबार ट्रम्प समर्थकले संसद भवनमा पसेर तोडफोड गरेका थिए। उक्त हिंसामा परी अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ।

उक्त घटनापछि ट्रम्पको रिपब्लिकन पार्टीकै नेताहरू पनि उनको विपक्षमा उभिएका छन्। अलास्काबाट रिपब्लिकन सिनेटर लिजा मुर्कोवस्कीले ट्रम्पले निकै नै क्षति पुर्‍याएको बताएकी छन्।

म उनलाई बाहिर निकाल्न चाहन्छु’ उनले भनेकी छन्। ट्रम्पविरूद्ध सोमबार संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारी भइरहेको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। महाअभियोग प्रस्ताव आए तल्लो सदनमा केही दिनमै पारित हुन सक्ने भए पनि सिनेटबाट पारित हुने बेलासम्म ट्रम्पको कार्यकाल सकिन सक्छ।

दुबै सदनमा अहिले डेमोक्र्याटिकहरूको बहुमत छ। सिनेटबाट पनि महाअभियोग पारित भए ट्रम्प फेरि राष्ट्रपति उम्मेदवार बन्न पाउने छैनन्। उनी २०२४ मा राष्ट्रपति उठ्ने चर्चा छ।

यसअघि गत वर्ष पुसमा ट्रम्पविरूद्ध पहिलो पटक महाअभियोग प्रस्ताव ल्याइएको थियो। तल्लो सदनबाट पारित भए पनि सिनेटमा रिपब्लिकनहरूको बहुमत भएकाले उनले सफाइ पाएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..