दाहाल–नेपाल पार्टीको सदस्य बनेर चुनाव लड्न आउन चार प्रधानन्यायाधीशलाई बाँस्कोटाको चुनौती

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेका चारजना पूर्वप्रधानन्यायाधीशहरुलाई चुनाव लडेर राजनीति गर्न चुनौती दिनुभएको छ ।

शनिबार काभ्रेमा भएको एक कार्यक्रममा बाँस्कोटाले माधव–प्रचण्डले गठन गरेको पार्टीको सदस्य बनेर चुनाव लड्न आउन चुनौती दिनुभएको हो । ‘श्रीमानहरुलाई राजनीति गर्न मन लागेको भए दाहाल–नेपाल समूहको अलोकतान्त्रिक कित्ताको सदस्य भएर चुनाव लड्न आउँदा हुन्छ’, बाँस्कोटाले भन्नुभयो ।

सर्वोच्चमा विचराधीन मुद्दाको फैसला सर्वोच्चले सुनाउने भएकाले सडकबाट फैसला नसुनाउन पनि उहाँले चेतानवी दिनुभएको छ । ‘भूतपूर्वहरुले फैसला गर्ने हैन वर्तमानले गर्ने हो,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्मको विधि त त्यहि होला नी श्रीमानहरु ?’

शुक्रबार सर्वोच्चमा चार पूर्वन्यायाधीशहरु मीनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै संयुक्त विज्ञप्ति जारी गर्नुभएको थियो ।

पूर्वमन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले संसद विघटना नगरेको बताउँदै प्रतिनिधिसभा विघटन गर्न संविधानअनुसार पाइने जिकिर गर्नुभएको छ । उहाँले केपी ओलीको पालामा देशमा समृद्धि र विकास भएको दाबीसमेत गर्नुभयो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..