खुल्लामञ्चमा खाना नखुवाउन ‘मेयरको आदेश’, साझा पार्टीले भन्यो, ‘कसले रोक्छ हेरौंला’

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक १८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं : खुल्लामञ्चमा बनाइएको बसपार्कमा कोरोना संक्रमणका कारण रोगजार गुमाएका र विपन्नहरुलाई खाना खुवाउने अभियानमाथि काठमाडौं महानगरपालिकाले रोक लगाएको छ।

केही परोपकारी समूहहरुले लकडाउन सुरु भएयता महिनौंदेखि खुल्लामञ्चमा विपन्नहरुलाई खाना खवाउँदै आएका थिए। तर महानगरले भने आफ्नो बेइज्जत भएको र फोहोर भएको भन्दै खाना खुवाउन प्रतिबन्ध लगाएको हो।

महानगरले प्रतिबन्ध लगाएपनि आज खुल्लामञ्चमा विपन्नहरुलाई खाना भने खुवाइएको छ।

यता विपन्न र असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाको निर्णको साझा पार्टीले विरोध गरेको छ।

श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्नेमा उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्यमाथि रोक लगाउनुलाई साझाले अमानवीयताको पराकाष्ठा भनेको छ।

साझाले बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने बताएको छ।

खाना खुवाउँदै गर्दा रोक्न आएका नगर प्रहरीहरुले ‘मेयरको आदेश’ भन्दै खाना खुवाउन रोक्ने भनेका थिए। परोपकारी संस्थाहरुले भने सरकारले उनीहरुको जिम्मेवारी नलिएसम्म खाना खुवाउन नछाड्ने बताएको छ।

‘यो निर्दयी सरकारले शान्तिपूर्ण रूपमा गरिने मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ,’ साझाले विज्ञप्तीमा भनेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..