राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटना संवेदनशील भएको बताएको छ ।

द्वारा प्रकाशित गरिएको हो |
२०८२ मंसिर ३, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटना संवेदनशील भएको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले उक्त घटनामा सरकारको आवश्यक ध्यानाकर्षण समेत माग गरेको छ ।

प्रवक्ता मनिष झाका अनुुसार, कुनै पनि राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्ने पार्टी निष्कर्ष रहेको जानकारी गराएका छन् ।

‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ,’ रास्वपा बैठकको निष्कर्षबारे जानकारी गराउँदै झाले भनेका छन्, ‘आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं ।’

रास्वपा बैठक अहिले जारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..