कालीगण्डकी गाउँपालिका मिर्मीमा खैलावैला मच्चिन शुरु भएको छ ।

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र ७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कालीगण्डकी गाउँपालिकाको १३औ गाउँसभा सम्पन्न भएको केही समय पछाडि नै कालीगण्डकी गाउँपालिका वडा न ०७ मिर्मीमा खैलावैला मच्चिन शुरु भएको छ ।
गाउँकार्यपालिका सदस्य टिकि सरा भटटराईले वडा नं ७ को वडा समितिले सिफारिस गरेका योजनाहरुलाई कार्यान्वयन नगर्नु भन्दै निर्देशनात्मक रुपमा आदेश दिएपछि खैलावैला मच्चिन शुरु भएको हो ।

स्थानीय वासिन्दाहरुका अनुसार आफुहरु वडामा भेला वसेर सवैको मान्य हुने किसिमले योजना माग गरेको र त्यो माग उपर छलफल हुदा कार्यान्वयन गर्ने तर्फ अग्रसर भैरहेको अवस्थामा योजनानै नगर्नु भन्ने खालको निर्दैशनात्मक रुपमा कुरा भएपछि सवै छक्क परेका छन ।
पालिका प्रमुखबाट सकारात्मक र काम गर्नको लागि उर्जा प्राप्त भएपनि कार्यपालिका सदस्यहरुवाट यस्तो निर्देशन आएपछि वडा नं ७ का वासिन्दाहरुले उहाँनै पालिका प्रमुख त हैन भन्दै अडकल काट्न थालेका छन ।

जे भएपनि आफुहरुले योजनाको माग भए अनुसार नै गाउँको विकासमा लाग्ने समेत स्थानीयहरुले वताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..