सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन।

द्वारा प्रकाशित गरिएको हो |
२०८० असार २५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन आर्मीको महिला टिम यसपटक कमजोर देखिएको छ ।

चीर प्रतिद्वन्द्वी नेपाल पुलिस र एपीएफ क्लब दुवै सँगको खेल हारेको आर्मी पुरानो लयमा छैन । छैटौं संस्करणमा पुलिसलाई सोझो सेटमा हराएको आर्मी सातौं संस्करणको आफ्नो दोस्रो खेलमा उहि पुलिससँग ३–० को सेटमा पराजित भयो ।

आर्मीका प्रशिक्षक लोकबहादुर बुढा आफ्नो टिम कमजोर बनेको स्वीकार्न हिचकिचाउँदैनन्, ‘अहिले हाम्रो टिम कमजोर नै देखिएको छ । हामीले राम्रो गर्न सकेको छैनौं ।’

आर्मीका पुराना खेलाडीलाई इन्जुरीको समस्या छ । त्यसले अनुभवी खेलाडी टिममा नरहेको उनले बताए । ‘अहिले हाम्रा पुराना खेलाडी कृपा अधिकारी आफैं ढाडको समस्याका कारण राम्रोसँग खेल्न सकेकी छैनन्, शान्ति थारु पनि फूल फिट छैनन्’, प्रशिक्षकले भने ।

आर्मीको प्रदर्शन खस्किँदा पुलिस भने बलियो देखिएको छ । आफ्नो टिममा खेलाडी नहुनु र प्रतिस्पर्धी पुलिसको टिमले लय सामात्नुले आर्मीलाई उपाधि रक्षाको चुनौती बढेको छ ।

‘पुलिसका धेरै खेलाडी राष्ट्रिय टिममा विदेशी प्रशिक्षकसँग प्रशिक्षण गरेर आएका छन् जसले गर्दा हाम्रा खेलाडीले त्यो बल उठाउन सकेका छैनन्,

त्यसो त राष्ट्रिय टिममा बेल्जियमक प्रशिक्षक जान डी ब्रान्टसँगै प्रशिक्षण गरेका मिडल ब्लकर सफिया पुन र संगम महतो आर्मीको टिममा छन् । तर उनीहरुले टिमको आवश्यकता अनुसार पोजिसन चेन्ज गरेर खेल्नु परेको छ । संगमले मिडल ब्लक सम्हालिरहेकी छिन् भने सफियाले डिफेन्स र स्पाइक दुवैको जिम्मेवारी सम्हालेकी छिन् ।

आर्मी स्पाइक, फिनिसिङ बल रेज गर्ने तथा डिफेन्समा निकै कमजोर देखिएको छ । ‘हाम्रो स्पाइक कमजोर छ । फिनिसिङ बल हान्न नसक्ने छन् । पुलिसका खेलाडीले हानेको हाइ बल उठाउन सक्दैनन् । डिफेन्स र ब्लक पनि भइरहेको छैन’, प्रशिक्षक लोक बहादुरले टिमको स्थिति बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..