नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी नभएको बताएका हुन्।

द्वारा प्रकाशित गरिएको हो |
२०७९ चैत्र २५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी नभएको बताएका हुन्।

शनिबार काठमाडौंमा पार्टी निकट अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले एमालेमा गुटबन्दी र प्रतिपक्षी नभएको बताएका हुन्।

‘आजको एमाले भित्र कुनै पनि किसिमको गुटबन्दी छैन। त्यहाँ प्रतिपक्ष छैन। सब एकजुट छ,’ उनले भने, ‘स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस्। खेल्न खोजे झैं त्यस्तो खालको नगर्नुहोला। एक छिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन। संगठन एकजुट हुनुपर्दछ। योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं। यसमा तलमाथि हुँदैन।’

उनले एमाले मुलुककै प्रमुख शक्तिको रूपमा रहेको पनि बताए।

एमालेलाई समाप्त पार्न दुनियाँनै लागेपनि पार्टीलाई जोगाइर सशक्त बनाउन योगदान दिएको भन्दै उनले अखिल नेपाललाई धन्यावाद पनि दिए।

‘अहिले एमाले जुन ठाउँमा छ । मैले धेरै ठाउँ भन्ने गरेको छु–आज पार्टी दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमालेविरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरू ढाल बनेर महिलाहरूले छेकेका छन्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..