काठमाडौंबाट भद्रपुर उडान भरेकाे बुद्ध एयरकाे जहाज अवतरण गर्न नसकेपछि काठमाडाैं फर्किएकाे छ। । विहान १० बजेर ४३ मिनेटमा उडेको जहाजको टायरमा समस्या देखिएपछि काठमाडौं फर्किएको हो।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार फ्लाइट नम्बर-९५३ ‘ए–एनपी’ को जहाज ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए।
अहिले जहाजको प्राविधिक परिक्षण भइरहेको छ। विमानमा सवार यात्रुलाई अर्काे उडानमार्फत भद्रपुर पठाउने तयारी भइरहेको कार्यालयले जनाएको छ।

