मेयरमा स्वतन्त्र उम्मेदवार हमाललाई ५ हजार ६५९ मतको अग्रता

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ ४, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् । मत गणनाको सुरुवातदेखि अग्रता लिएका हमालले मतान्तर बढाएर पाँच हजार ६५९ मतले अग्रता लिइरहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार २२३ मतको गणना सकिंदा हमालले १० हजार ८२५ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । उनलाई गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पाँच हजार १६६ मतका साथ पछ्याइरहेका छन् ।

नेकपा एमालेका रणबहादुर चन्दले दुई हजार ४६२ मत पाएका छन् । उपमेयरतर्फ गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले चार हजार ६८८ मत प्राप्त गरेकी छिन् । मतगणनाको सुरुदेखि अग्रता लिइरहेकी अधिकारीलाई नेकपा एमालेकी कन्दकला रानाले पछ्याइरहेकी छन् । रानाले चार हजार २४७ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..