सत्तारुढ नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा केन्द्रित हुने भएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार सकिएको बैठकले स्थानीय तहको निर्वाचन घोषणाको निर्णयलाई स्वागत गर्दै सम्पूर्ण एकता र सक्रियताका साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसले ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियान लिएर चुनावी अभियानमा जानेछ ।
पार्टी केन्द्रीय समितिमा निर्वाचित भ्रातृ संगठनका पदाधिकारीको पद स्वतः रिक्त भएकाले नयाँ मनोनयन गर्ने निर्णय भएको महतले जानकारी दिनुभयो ।

