
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आईसीयू डाक्टर मिलनजंग केसीलाई गत साता ज्वरोले च्याप्यो । भोलिपल्ट उनले पीसीआर गराए । बेलुका रिपोर्ट पोजिटिभ आयो जिउ दुख्ने, ज्वरो आउने र दुई पटक डायरिया समेत भयो,’ उनले भने, ‘बिरामीको उपचारकै क्रममा खटिएको थिएँ । तर कहाँबाट सर्यो थाहा छैन ।’ संक्रमित भएपछि उनी होम आइसोलेसनमा बसेका छन् । टेकुमा १५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ‘दुई जना डाक्टर र अरु नर्स हुनुहुन्छ,’ अस्पतालकी निर्देशक डा. मनिषा रावलले बताइन्
कोभिड युनिफाइड केन्द्रीय अस्पाताल वीर अस्पातलमा १ सय ५१ जना स्वास्थ्यकर्मी संक्रमति भएका छन् । जसमा ४० जना डाक्टर, ६५ जना नर्स र बाँकी अन्य कर्मचारी छन् ।
स्वास्थ्यकर्मी संक्रमति भएपछि सेवामा धेरै असर परेको छ । करारमा ५० जना नयाँ स्वास्थ्यकर्मी थप गर्दैछौँ,’ अस्पतालका उपनिर्देशक डा. प्रज्ज्वल श्रेष्ठले भने, ‘१० जना मेडिकल अफिसर पनि राख्ने तयारी छ । संक्रमित भएकाहरू कतिपय पाँच दिन आइसोलेसनमा बसेर सेवामा फर्किनुभएको छ ।
सबैभन्दा धेरै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ‘३ सय बढी स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित छन् । आइसोलेसमा बस्ने र निको भएर फर्किने क्रम चलिरहेको छ अस्पतालका उपनिर्देशक डा. सन्तकुमार दासले भने, ‘ननकोभिडका बिरामीको चाप कम भएकाले वार्डहरूलाई एक अर्कामा मर्ज गरेर व्यवस्थापन गरिरहेका छौँ ।