उपत्यकामा भिडभाड हुने सम्पूर्ण गतिविधिमा रोक

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ ५, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

गृहमन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेको सिफारिस र सरकारी निर्णयको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड –१९  रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको बैठकले उक्त निर्णय गरेको हो ।

सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने लगाएतका व्यवस्थाहरु कार्यान्वयनका लागि सिफारिस गरेको थियो । सोही आधारमा सरकारले गरेको निणर्यलाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेको छ ।

बैठकमा गृहमन्त्री खाँणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभयो । कोभिडबाट नागरिकलाई बचाउने दायित्व सरकारको भएको भन्दै उहाँले त्यसबारे संवेदनशील भएर काम गर्न निर्देशन पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..