कांग्रेस प्रदेश १ को अधिवेशन : मतगणना शुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको  मतगणना शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट मतगणना शुरु भएको निर्वाचन समितिका अधिकृत भरतबहादुर थापाले जानकारी दिए ।

नेतृत्व छनोटका लागि शनिबार मतदान भएको थियो ।  प्रदेश १ अधिवेशनमा कांग्रेसको संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापाले प्यानलसहित चुनावी मैदानमा छन् ।आइतबार बिहान ८ बजेबाट मतगणना गर्ने भनिएपनि ढिलोमात्रै शुरु भएको उनले बताए  । शनिबार मतदान पनि ढिलो शुरु भएको थियो । विहान ८ बजेबाट मतदान शुरु गर्ने भनिए पनि विवादका कारण साढे ६ घण्टा ढिलो गरी शनिबार दिउँसो २: ३० बजेबाट मतदान शुरु गरिएको थियो । मतदानमा एक हजार ७५३ प्रतिनिधि सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..