ओली नेताहरुसँग परामर्श गर्दै, प्रतिनिधि बन्दसत्रको हलमा कुर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

आइतबारको बन्दसत्रमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई भनेका थिए । तर अध्यक्ष ओली आफैं समयमा बन्दसत्रमा पुगेका छैनन् ।

यो समाचार तयार पार्दासम्म ओली आफू बसेको पार्क सफारी होटलमै छन् । पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीलाई भेट्न उनी व्यस्त छन् । ओलीलाई भेट्नेहरूको होटलमा भीड लागेको छ । बन्दसत्रको हलमा भने प्रतिनिधिहरू ओलीलाई कुरिरहेका छन् ।

पदाधिकारी र केन्द्रीय सदस्यहरूका आकांक्षी धेरै भएपछि सहमतिमा पुग्ने प्रयास भइरहेको छ । त्यसैले पूर्वनिर्धारित समयमा बन्द सत्र सुरु हुन नसकेको ओली निकट नेताहरूले बताएका छन् ।

ओलीले नेताहरूसँग समूहगत र एक्काएक्लै छलफल गरिरहेका छन् । तर अहिलेसम्म पदाधिकारीमै सहमति जुटेको छैन । अध्यक्षमा उम्मेदवारी दिने भीम रावलले अडान कायम राखेका छन् ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमै सहमति गर्न सकस भएपछि ओलीले अध्यक्षमा उम्मेदवारी दिने अडानमा रहेका रावलसँग संवाद गर्न भ्याएका छैनन् । यद्यपि उनीसँग पनि छलफल गर्ने तयारी भइरहेको एमाले नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..