सचिवमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्ता हुनुपर्छ : महेश बस्नेत

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर ९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा एमालेका नेता महेश बस्नेतले सचिव पदमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने बताएका छन् । सचिव पद पदाधिकारीको प्रवेश विन्दु भएको भन्दै उनले नयाँ पुस्तालाई स्थान नदिइए एमाले पुरातन विचार भएको पार्टी बन्ने बताए ।

आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले सहमति वा निर्वाचन जे भए पनि सचिव पदमा कम्तीमा ५० प्रतिशत युवा पुस्ता आउनुपर्ने बताए । ‘सचिव पोष्ट भनेको पदाधिकारीको इन्ट्रान्स पोइन्ट हो । यो इन्ट्रान्स गेट बन्द गरेर सहमति हुँदैन,’ सचिव पदमा दाबी गर्दै आएका बस्नेतले भने, ‘यो सचिव पोष्टमा चाहिं सहमतिको आधारमा पनि ७ जनामा कमसेकम ४ जना न्यू इन्ट्रीलाई समावेश गराउनुपर्छ । यदि त्यस्तो गरिएन भने हाम्रो पार्टी त पुरातन विचार राख्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुन्छ ।’उनले आफू सचिवको दाबीबाट पछि नहट्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..