बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ : अर्थमन्त्री शर्मा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर ८, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् ।  नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।

अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको शर्माले बताए । भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त भएको उनको भनाइ छ ।

उनले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलित उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको भन्दै शर्माले भने,’आर्थिक पुनरूउत्थानमा सरकारको सहुलियत दिने प्रयास जारी छ, तर  पूर्ण छैन, राहतका कार्यक्रम निजी क्षेत्रको अपेक्षाकृत छैन । त्यसलाइ पुरा गर्ने प्रयास जारी छ ।’

मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको भन्दै उनले ठूला पुर्वाधार निर्माणमा सरकारसँग मिलेर निजी क्षेत्रलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..