पत्रकारलाई सर्वोच्चमा रोक

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक ३०, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सर्वोच्च अदालतमा पत्रकारलाई रोक लगाइएको छ।

सर्वोच्च अदालतले आफैंले जारी गरेको प्रेस पास देखाउँदा समेत सर्वोच्चभित्र पत्रकारलाई छिर्न दिइएको छैन।

यसअघि बार एसोसिएसनको र सर्वोच्चको गेटबाट भित्र जान दिइएको थियो। तर आज भने प्रवेशमा रोक लगाइएको छ।

मंगलबार बिहान साढे १० देखि १२ बजेसम्म सुरक्षा निकायले रोक लगाएको हो।

सर्वोच्चमा पत्रकारलाई रोक्न नियत नभएको तर सुरक्षा अवस्थाका कारण रोकिएको सर्वोच्च प्रशासनका सहप्रवक्ता देवेन्द्र ढकालले बताए।

‘पत्रकारलाई रोक्ने नीति छैन तर सुरक्षा अवस्था हेर्दै रोकिएको हो। पत्रकारलाई सर्वोच्चले रोकेको होइन।’

सुरक्षा स्रोतले भने सर्वोच्च प्रशासनले नै कर्मचारीबाहेक अरूलाई प्रवेश रोक लगाउन भनिएको बताएको छ।

‘हामीलाई सर्वोच्च प्रशासनले नै कर्मचारीबाहेक अरू छिर्न नदिनु भनेर भनिएको थियो। हामीलाई जे आदेश आउँछ त्यही गर्ने हो’, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..