मुगुको गमगढीमा भीषण आगलागी, १७ घर जले

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक ३०, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

गमगढी, मुगु — जिल्लास्थित गमगढी बजारमा सोमबार राति भीषण आगलागी भएको छ । उक्त आगलागीबाट १७ वटा घर जलेर पूर्णरुपमा खरानी भएको प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताए ।

सोही आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर खरानी बनेको उनको भनाई छ । राति १२ बजे ठिल्ले तामाङको घरबाट सल्किएको आगो ५ बजेसम्म ८० प्रतिशत नियन्त्रणमा आएको अझै आगो निभाउन नसकिएको भएको प्रहरी नायब उपरीक्षकको भनाई छ ।

आगो नियन्त्रण गर्न स्थानीय, जनपथ प्रहरी सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी रेडक्रसकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी गराए ।

गमगढी बजारमा पानीको अभाव भएको आगो नियन्त्रणमा खटाएका टोलीले पाइप, बाल्टी, जर्किनमार्फत पानी प्रयोग गरेको प्रहरीको भनाई छ ।

सोही आगलागीबाट क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..