प्रधानन्यायाधीशको वार्ता आह्वानपछि छलफलमा जुटे कानून व्यवसायी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक २९, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले संवादमा आउन आह्वान गरेपछि आन्दोलनरत कानून व्यवसायीहरु छलफलमा जुटेका छन् । नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएनका पदाधिकारीहरु र बरिष्ठ अधिवक्ताहरु नेपाल बारको भवनमा छलफलमा जुटेका हुन् ।

सर्वोच्च बारका सचिव ऋषि घिमिरेले अनलाइनखबरसँग भने, ‘विज्ञप्ती आइसकेपछि औपचारिक धारणा तय गरेर हाम्रो तर्फबाट पनि विज्ञप्ती निकाल्न अहिले छलफल चलिरहेको छ ।’

सोमबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका थिए । कानुन व्यवसायीको आन्दोलनले न्यायपालिकालाई मात्र नभई लोकतन्त्रको आधारलाई पनि कमजोर बनाउने जिकिर गर्दै जबराले गतिरोध अन्त्य गर्ने एकमात्र विकल्प संवाद भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..