ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने युवकको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

धादिङको धुनिबेशी नगरपालिका ९ सुरुङमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने धादिङकै धुनिबेशी नगरपालिका–९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।

सुरुङमार्गमा बिहीबार बेलुकी सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले उनलाई ठक्कर दिएको थियो ।

ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..