एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले चितवनमा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको थियो ।

आजको केन्द्रीय कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा पनि हुने कार्यालय सचिव तामाङले जानकारी दिए ।

नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन कात्तिक ९ गते भएका थिए । कतिपय वडा र पालिकामा भने अधिवेशन हुन अझै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..