काठमाडौं प्रहरी प्रमुख सरुवा : गृहको निर्णय बालुवाटारले उल्ट्यायो !

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवा गर्ने निर्णय रातारात उल्टिएको छ । गृह मन्त्रालयले गरेको सिंहको काज सरुवाको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको स्रोतको दाबी छ ।

सिंहलाई सरुवा गरेर भैरहवा विमानस्थलमा पठाउने निर्णय मंगलबार भएको थियो । उनको स्थानमा केन्द्रीय अनुसन्धान व्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई काज सरुवा गरिएको थियो । आफ्नो सरुवा भएको सूचना पाएपछि सिंहले सरुवा रोक्न लबिइङ गरेका थिए ।

गृहमन्त्रालयका अधिकारीहरु भने सरुवाबारे अनिभिज्ञता प्रकट गर्छन् । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने काज सरुवा गर्ने निर्णय भएको पुष्टि गरे । उनले भने, ‘तर आज फेरि सरुवा कार्यान्वयन नगर्न आदेश आएको छ ।’

काठमाडौं प्रहरी प्रमुखको रुपमा सिंहको एक वर्षे कार्यअवधि पूरा हुन चार हप्ता बाँकी थियो । सामान्यतया कुनै पनि प्रहरी कार्यालयको इञ्चार्जलाई कम्तिमा एक वर्षसम्म सरुवा गरिंदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..