सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जना घाइते

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक ७, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सल्यानको कपुरकोटमा गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जिप (डबल क्याब) आज बिहान करिब ७ः५० बजेतिर कपुरकोट-३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुमा बागचौर नगरपालिका वडा नं. १ सल्यान निवासी अन्दाजी १४ वर्षीय आयुस बस्नेत, २२ वर्षीय मनोज बस्नेत, बागचौर नगरपालिका २ का अन्दाजी २७ वर्षीया सीता वली, २८ वर्षीया बविता रावल र उनकी छोरी एसिका छन् ।

यसैगरी गाडी चालक बागचौर नगरपालिका २ का १९ वर्षीय हिक्मत पुनमगर र बागचौर २ कै १९ वर्षीय अर्जुन केसी पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..