टी-२० विश्वकप : श्रीलंका समूह विजेता

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक ६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेदरल्याण्ड्सलाई पराजित गर्दै श्रीलंका समूह विजेता बनेर आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।

पहिलो चरणअन्तर्गत समूह ए को अन्तिम खेलमा श्रीलंकाले शुक्रबार राति नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको हो ।

श्रीलंका लगातार तेस्रो जित्दै समूह ए को विजेता बनेको हो । यस समूहबाट नामिबिया दुई खेल जित्दै उपविजेता बन्दै सुपर १२ मा पुगेको छ ।

दोस्रो चरणमा श्रीलंका ग्रुप एक मा परेको छ । यस समूहमा अष्ट्रेलिया, दक्षिण अफ्रिमा, इंग्ल्याण्ड, वेष्ट इन्डिज र बंगलादेश छन् ।

शारजहाँमा नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७.१ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाको जितमा ओपनर कुशल परेराले अविजित ३३ रन बनाए । अभिस्का फर्नान्डो २ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका ब्राण्डन ग्लोभर र पाउल भान मिकरेनले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले श्रीलंकाली बलरको घातक बलिङसामु टिक्न सकेन र १० ओभरमै ४४ रनमा अलआउट भएको थियो ।

नेदरल्यान्ड्सका कोलिन एकार्मानले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेदरल्यान्ड्सलाई अलआउट समेट्न लाहिरु कुमारा र वानिन्दु हसरंगा डी सिल्भाले तीन/तीन विकेट लिए । यस्तै महेश थिकसानाले दुई तथा दुश्मन्था चामिराले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..