एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मर थापालाई

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक ६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दैलेखका अम्मर बहादुर थापाले पाएका छन् ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट थापालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो । थापा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत छन् ।

दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गत वैशाख ३ गते एमालेमै हुँदा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि उनीसहित फ्लोर क्रस गरेका चार जनाको सांसद पद गुमेको थियो । थापा हाल सांसद नरहेकाले मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदै छ ।

समाजवादीले यसअघि प्रकाश ज्वालालाई कर्णाली प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको छ ।

यस्तै प्रदेश सह-इञ्चार्जको जिम्मा चन्द्रबहादुर शाही,  हंस शाही,  शेरबहादुर केसीले पाएका छन् भने ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..