राजनीतिसँगै च्याउ खेतीमा रमाएकी दिलकुमारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

रोल्पाको साविक उवा गाविस (हालको थवाङ) मा जन्मिएकी दिलकुमारी रोका मगर माओवादी सशस्त्र युद्धका क्रममा झण्डै १० वर्ष भूमिगत भइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी पनि सार्वजनिक भइन्, तर कामविहीन पनि ।

रोल्पाकै तुलाराम घर्तीसँग विवाह गरेकी उनलाई पार्टीले भूमिगतकालमा पाल्पाको तिनाउ गाउपालिका–३ दोभानमा खटाएको थियो । खुला राजनीतिमा आएको करिव ५ वर्षपछि उनले फेरि दोभान रोजिन्, च्याउ खेतीका लागि ।

गाउँका महिलालाई च्याउ खेतीमा आवद्ध गराएर उनीहरुको आयआर्जन बृद्धि गराएकाले गाउंपालिका र कृषि ज्ञान केन्द्रले हरेक वर्ष अनुदान दिने गरेको दिलकुमारीले बताइन् । उनकै अगुवाइले अहिले भूतखोलादेखि लामेदमारसम्मको क्षेत्र अर्गानिक च्याउ पकेट क्षेत्र बनेको छ । च्याउ खेतीलाई अझै विस्तार गर्ने उद्देश्यले उनले आफ्नै नेतृत्वमा साना किसान कृषि सहकारी संस्था स्थापना गरेर ३०० बढी महिलालाई आवद्ध समेत गराएकी छन् ।

उत्पादित च्याउका लागि बजारको खासै समस्या छैन । २१० देखि २२० रुपैयाँ प्रतिकेजी थोक मूल्यमा गाउँबाटै च्याउ विक्री हुने गरेको उनले बताइन् ।

राजनीतिसँगै च्याउ खेतीमा जमेकी दिलकुमारीले ‘ग्रामीण जीवनमा महिलाको सिर्जनशीलता’ शीर्षकको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन् । गाउँका महिलाहरुलाई सामूहिक च्याउ खेतीमा उत्प्रेरित गरेर नमूना काम गरेवापत वुमन वल्र्ड समिट फाउन्डेसन, जेनेभाले दिलकुमारीलाई एक हजार डलरको पुरस्कार प्रदान गरेको हो । ग्रामीण क्षेत्रमा नमूना काम गर्ने विश्वका १० जना महिलालाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

आफूले पाएको एक हजार डलर पुरस्कार रकम गाउँका गरीब महिलाको उत्थानमा खर्च गर्ने दिलकुमारीको योजना छ । त्यसका लागि आफ्नै नाममा प्रतिष्ठान स्थापना गर्ने सोच बनाएको भन्दै उनले भनिन्, ‘पुरस्कारको रकम वाहेक च्याउ खेतीबाट हुने आम्दानीको १० प्रतिशत रकम पनि प्रतिष्ठानमा जम्मा गर्दै जान्छु । र, गाउँमा पैसाको अभावमा सानोतिनो कृषि कर्म गर्न नसक्ने महिलाका लागि सहयोग गर्ने मेरो लक्ष्य छ ।’

गएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गाउपालिका उपाध्यक्ष उम्मेदवार बनेकी उनी भन्छन्, ‘राजनीतिसँगै महिलालाई उद्यमशील बनाउने लक्ष्य छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..