ईपीएल फाइनल खेल शुरू, चितवनले टस जितेर बलिङ गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन २३, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा चितवन टाईगर्स र पोखरा राईनोज खेल्दैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा चितवनले टस नितेर बलिङ रोज्दै पोखरालाई ब्याटिङको निम्तो दिएको छ । दुवै टोली पहिलाृ पटक ईपीएल फाईनल खेल्न लागेका हुन् ।

दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका छन् ।

चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै पारजित गरेर फाइनल पुगेको हो । पोखराले भने अर्को अवसरमा भैरहवा ग्लाडिएटर्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै चितवनसँग भेट पक्का गरेको हो ।

यी दुई टोली यही संस्करणमा दुई पटक भेट हुँदै दुवै पटक चितवन विजयी भएको थियो ।

जितवन लिग चरणमा पाँचमध्ये चार खेल जित्दै ८ अंक जोडेर पहिलो भएको थियो भने पोखरा तीन जित र १ बराबरीबाट ७ अंक जोड्दै दोस्रो भएको थियो । लिगमा पोखरा चितवनसँग मात्र पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..