ताइवानलाई चीनको चेतावनी- इतिहास भुलेर मातृभूमि टुक्र्याउन खोज्नेको दु:खद अन्त्य हुनेछ

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन २३, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुन:एकीकरण गर्ने प्रतिज्ञा गरेका छन् । शनिबार बेइजिङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन् ।

राजतन्त्र अन्त्य भएको ११० औं वार्षिकोत्सवमा अवसरमा बेइजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नै सीले ताइवानसँग शान्तिपूर्ण माध्यममार्फत् पुन:एकीकरणको मार्ग पछ्याउने बताएका हुन् ।

चीनको पुन:एकीकरणका लागि सबैभन्दा ठूलो अवरोध स्वतन्त्र ताइवानको माग गर्ने शक्ति भएको पनि उनको भनाइ थियो । ‘आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक टुक्र्याउन खोज्नेहरुको दु:खद अन्त्य हुनेछ’ स्वतन्त्र ताइवान बनाउन चाहने शक्तिप्रति संकेत गर्दे सीले भने ।

राष्ट्रपतिले सीले हङहङमा लागू गरिएको एक मुलुक दुई प्रणालीअन्तर्गत ताइवानसँग शान्तिपूर्ण पुनरएकीकरण गर्न चाहेको पनि बताए । तर उक्त प्रणालीलाई ताइवानले विरोध गर्दै आएको छ ।

सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र ‘बाह्य हस्तक्षेप’ अस्वीकार्य हुने पनि प्रस्ट पारे । ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।

‘राष्ट्रिय स्वाधीनता र अखण्डता रक्षा गर्ने चिनियाँहरुको संकल्पलाई कसैले पनि अवमूल्यन गर्न हुँदैन’, सीले भने, ‘चीनको पुनरएकीकरण गर्ने कार्यले पूर्णता पाउनुपर्छ र कुनै पनि हालतमा यो कार्य गरिने छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..