लोकसेवा विधेयक राष्ट्रियसभाबाट पारित

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

राष्ट्रियसभाले लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा यो विधेयक पारित गरेको हो ।

(सदन नै चल्न नदिने भनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु सुरु देखि नै उभिएर विरोध जनाइरहेका थिए । विधेयक पारितका लागि निर्णयार्थ पेश गर्दा पनि उनीहरु उभि नै रहेका थिए )

२०७६ भदौ २५ गते प्रतिनिधिसभामा पेश भएको लोकसेवा आयोग सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मा पारित भएको थियो ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा आएको विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गरेको छ ।

अब यो विधेयक राष्ट्रियसभाबाट पारित भएको संदेशसहित प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले पुनः पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणिकरण भएपछि कानुन बनेर कार्यान्वयनमा जान्छ ।

संघ र प्रदेशमा लोकसेवा आयोग हुने संवैधानिक व्यवस्था छ । पारित विधेयकमा संघ र प्रदेश लोकसेवा आयोगको क्षेत्राधिकार लगायतका विषय समेटिएको छ । यो विधेयक कानुन बनेर कार्यान्वयनमा गएपछि प्रदेश लोकसेवा आयोगले पनि विज्ञापन लगायत कार्य गर्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..