सातै प्रदेशमा बृहत्त नमूना कृषि उत्पादन केन्द्र निर्माण गर्ने सरकारको घोषणा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सरकारले सातै प्रदेशमा बृहत्तर नमूना कृषि उत्पादन केन्द्र निर्माण गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहनेगरी कृषि सामग्री, प्रविधिको प्रयोग एवं ज्ञान, तालीम, ढुवानी एवं बजार व्यवस्थासमेत एकै ठाउँबाट हुनेगरी केन्द्र निर्माण गर्ने प्रतिस्थापन विधेयकमा उल्लेख छ ।

‘कृषि क्षेत्रमा लाग्नेहरूलाई प्रेरित गर्न कृषि उत्पादनका लागि उपलब्ध जमिन, हावापानी, बजारको सदुपयोग गर्दै कृषि उत्पादनमा तीव्रता ल्याउन यस्तो केन्द्र निर्माण गरिने छ,’ विदेयकमा भनिएको छ ।

हरेक प्रदेशमा एउटाका दरले स्थापना गरिने यस्तो बृहत्तर नमूना कृष उत्पादन केन्द्र सञ्चालनका लागि सरकार, निजी क्षेत्र, सहकारी र कृषि सहकार्य समूहहरूको संयन्त्र निर्माण गरीने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत प्रदेशमा रहेको जोन र सुप्पर जोन कार्यक्रम भन्दा यो कार्यक्रम अलग हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

नमूना कृषि कार्यका लागि हरेक प्रदेशमा एउटा राम्रो कृषि अभ्यास गर्ने नीति बमोजिम यो कार्यक्रम आएको कृषि सचिव डा.कृष्ण प्रसाद आचार्यले बताए । नयाँ कार्यक्रमले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र यसका अन्य कार्यक्रम प्रभावित नहुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..