एमाले सांसदको हातहातमा काँधकाँधमा माननीय !

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश गरेका छन् । उनले बजेटको आकार घटाएका छन् भने ओली सरकारले पूर्व तयारी नगरी शिलान्यास गरेका योजनाहरु पनि कटौती गरेका छन् ।

अर्थमन्त्रीले बजेट वक्तव्य वाचन गरिरहँदा वेलमा नाराबाजी गरिरहेका सांसदहरुले भने केही सांसदलाई उचालेर रोष्ट्रममा पु¥याउने प्रयास समेत गरेका छन् ।

मर्यादापालकहरुले छेकेका छन् । प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले पनि पालैपालो चार जना सांसदलाई हातहात, काँधकाँधमा उचालेर रोष्टममा पु¥याउने प्रयास गरे । यदि उनीहरु रोष्टममा पुगेको भए अर्थमन्त्रीको माइक खास्न सक्थे ।

उचालिने सांसदहरु हुन्– गंगा चैधरी सत्गौवा, नरबहादुर धामी, नारमुनी राना र आशा विक ।

गृहमन्त्रीको माइक तानियो

नाराबाजी गरिरहेका एमाले सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक तानेका छन् । एमालेका एक सांसदले गृममन्त्रीको माइक झिकेर रोष्ट्रमतिर हान्न खोजेकी थिइन् । तर एमलेकै अरु सांसदले उनलाई रोके ।

प्रधानमन्त्री लगायत केहीको टेबुलमा रहेको माइकहरु सांसदले झिकेर आफैं लुकाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..