जनताका छोराछोरीले शासन गर्ने र राजसंस्था अभिभावक रहने व्यवस्था गर्नुपर्छ : कमल थापा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनताका छोराछोरीले शासन गर्ने र राजसंस्था अभिभावकको रुपमा रहने गरी शासन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) को पार्टी कार्यालयको मनहरीमा उदघाटन गर्दै थापाले सो कुरा बताएका हुन् ।

महालेखा परीक्षकको प्रतिवेदनले मुलुकमा ब्रम्हलुटको अवस्था देखाएको भन्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको बताए ।

धर्मनिरपेक्षता र संघीयता खारेज गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने उनको प्रस्ताव छ । करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउनेतर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाइखाने माध्यम बनाउन दिन नहुने बताए ।

दार्चुलाका जय सिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको पनि थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..