विराटनगरको खटयात्रा आज, प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र १५, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा आज विराटनगरमा निकालिंदैछ । खटयात्रा मनाउनका लागि प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिएको छ ।

विराटनगरको पानीटंकी चोकस्थित राधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ बाट खटयात्रा सुरु गरिएको थियो । २०२४ सालबाट भने रथयात्रा सुरु गरिएको थियो । रथसँगै खटलाई पनि बजार परिक्रमा गराउने परम्परा छ । तर कोरोना महामारीका कारण यो वर्ष खटयात्रा मात्रै गरिने आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

कोरोना महामारीका कारण गत वर्ष पनि खटयात्रा मात्रै गरिएको थियो । यो वर्ष पनि रथयात्रा गर्दा जोखिम हुने भएकाले खटयात्रा निकाल्ने निर्णय भएको ओझाले बताए ।

राधाकृष्ण युगल जोडीको मूर्तिलाई खटमा राखेर तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, बरगाछी र राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिरमा फर्किएर यात्रा समापन हुनेछ । यसअघि मन्दिर परिसरबाट निस्कने रथ ट्राफिक चोक, महेन्द्र चोकबाट बरगाछी, पानीटङ्की हुँदै मन्दिर परिसरमा पुगेर समापन हुने गरेको थियो  ।

रथयात्रामा नेपालसहित भारतका विभिन्न स्थानबाट पनि दर्शनार्थी आउने गरेका थिए । विराटनगरको इतिहास र धार्मिक एवं सांस्कृतिक परिवेशसँग जोडिएको रथयात्रा कोरोना महामारीका कारण परम्पराको निरन्तरताका लागि खटयात्रामा सीमित गर्नु परेको ओझाले बताए  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..