सिकन्दर राजाले विराटनगरबाट इपीएल खेल्ने

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र १४, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

टेष्ट राष्ट्र जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् ।

सिकन्दर राजालाई इपीएलका लागि अनुबन्ध गरिएको विराटनगरले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।

राजाले जिम्बाब्वेका लागि १७ टेष्ट, १०५ ओडीआई र ४२ टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा राजालाई अनुबन्ध गरेको हो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको कप्तानीमा खेल्दै आएको विराटनगर एक पटकको च्याम्पियन टिमसमेत हो ।

चौथो संस्करणको इपीएल टी-२० क्रिकेट आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

लिगमा विराटनगरसहित ६ सहरका फ्रेन्चाइज ६ टिमले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..