नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र १३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आइतबार बसेको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक जारी रहेको छ । भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा एकीकृत समाजवादीको पहिलो पटक संसदीय दलको बैठक बसेको हो ।

बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ । एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात जना सांसद छन् ।तर दल दर्ताका बेला सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली अनि राष्ट्रियसभाका शारदादेवी भट्ट पनि आफूसँगै रहेको एकीकृत समाजवादीका नेताहरुले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..