प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र १३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग आइतबार बिहान परामर्श गरेका हुन् ।

बालुवाटारमा भएको छलफल मन्त्रिपरिषद विस्तारको विषयमा केन्द्रित रहेको स्रोतले बतायो ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव भने भेटमा सहभागी थिएनन् । यादव हाल काठमाडौं उपत्यकाबाहिर छन् ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा थिए । आयोगले यही भदौ ९ गते नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र उपलब्ध गराइसकेको छ ।

‘अब छिटै केही गृहकार्य पूरा गरेर नेकपा एकीकृत समाजवादी र जसपालाई समेटेर मन्त्रिपरिषद विस्तार हुन्छ,’ देउवा निकट एक नेताले भने ।

हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र छन् । कांग्रेसको तर्फबाटै उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..