नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । संसद भवनको ल्होत्से हलमा बिहान ११ बजे बस्ने बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चुन्ने छ ।
नेकपा एमालेबाट अलग भएर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् । सो पार्टीलाई निर्वाचन आयोगले मान्यता दिंदै ९ भदौमा दल दर्ताको प्रमाणपत्र दिएको थियो । तर दलको नेता चयन हुन बाँकी छ ।

