कोरोनाविरुद्धको चिनियाँ खोपलाई क्लिनिकल ट्रायलको अनुमति

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र १०, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सरकारले कोभिड-१९ र हैजा विरुद्धको एक-एक वटा खोपलाई क्लिनिकल ट्रायलको लागि अनुमति दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हैजा विरुद्धको ओरल कोलेरा भ्याक्सिन र  कोरोना भाइरसविरुद्धको सार्कोभ टु–एमआरएनए खोपलाई तेस्रो चरणको क्लिनिकल ट्रायलको अनुमति दिइएको सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

स्वास्थ्य अनुसन्धान परिषदले (एनएचआरसी)  क्लिनिकल ट्रायलको लागि ३ वटा खोप सिफारिस गरेको थियो । जसमध्ये इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युटको सहकार्यमा गर्न लागिएको कोलेरा भ्याक्सिन र चीनमा उत्पादन भएको कोरोनाको भ्याक्सिनले अनुमति पाएको हो ।

एनएचआरसीका सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले बनाएको भ्याक्सिनको ट्रायल ३ हजार जनामा गरिनेछ । वालभ्याक्स बायोटेक्नोलोजीले नेपालको औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्ससंगको सहकार्यमा गर्ने ट्रायल धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिनेछ ।

त्यसैगरि हैजाविरुद्ध खोपको ट्रायल कान्ति बाल अस्पताल र काठमाडौं विश्वविद्यालयमा हुनेछ । ‘हामीसंग धेरै कम्पनीले ट्रायलको लागि प्रस्ताव गरेका थिए जसमध्ये हामीले ३ खोपलाई सिफारिस गरेका थियौं’  सदस्य सचिव डा.  ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..