भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र ९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एकजना बाँकेका र एक जना दाङका हुन् ।

राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे र राप्ती सोनारी गाउँपालिका–३ बाँकेका ४३ वर्षीय पुरुषको मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । दाङका संक्रमित भदौ ५ गते र बाँकेका संक्रमित साउन २९ गते अस्पताल भर्ना भएका थिए ।योसँगै बाँकेमा उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३९७ पुगेको छ । ती मध्ये ३२८ जना बाँके जिल्लाका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..