धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्तिले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् ।
मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् । दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेका थिए।

