एमाले विभाजनमा ईश्वर पोखरेलको टिप्पणी : अदृश्य शक्तिको कुत्सित चाहना पूरा गर्ने काम

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र ३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताएका छन् । उनले एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ भनेर टिप्पणीसमेत गरेका छन् ।

नेता माधव कुमार नेपाल एमालेबाट अलग भएर नयाँ दल दर्ताको लागि निवेदन दिएपछि पोखरेलले सो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘पार्टीलाई एक ढिक्का बनाउन यस विचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ ।’

धैर्यता नगुमाउन एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई अपिल गर्दै पोखरेलले भनेका छन्, ‘यो गतिशील पार्टीबाट कोही बाहिरिंदैमा एमालेलाई समाप्त पार्ने योजना सफल हुने छैन ।’

नेता नेपालले आफ्नो नेतृत्वमाएमाले समाजवादी दल निर्वाचन आयोगमा दर्ता का लागि निवेदन दिएका छन् । एमाले समाजवादिमा ५८ जना केन्द्रिय सदस्य छन् । निर्वाचन आयोगले दल दर्ताको लगि निवेदन परेको ३५ दिनभित्र निर्णय दिनुपर्ने भएपनि १५ दिन भित्रै दलले मान्यता पाउने / नपाउने भन्ने बिषयमा निर्णय गर्ने गरी आन्तरिक काम अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..