मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव खारेज गर्न माग गर्दै एमाले सांसद लिला गिरीले सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि आज सुनुवाइ हुने कार्यसूचि छ ।
मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बठकले प्रदेश सभाको कार्य व्यवस्था समितिलाई छलेर बैठकको कार्यसूचि प्रकाशन गरेको भन्दै असहमतिसमेत जनाएको छ ।
प्रमुख सचेतक भूमिश्वर ढकालले आज दिउसो १ बजे बस्ने विशेष अधिवेशनमा भाग लिने कि नलिने भन्ने थप छलफल गरेर निर्णय गरिने ढकालले बताए । ‘भावी कदमबारे निर्णय लिने अधिकार दलका नेता एवं मुख्यमन्त्री पोखरेललाई दिइएको छ,’ ढकालले भने ।

