कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण २५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् ।

नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र आगामी चुनावमा केन्दि्रत रहेर छलफल गरी आवश्यक रणनीति बनाइने बताए । उनले यो छलफल अनौपचारिक भएको पनि बताए ।

यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक-पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न बिभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् । छलफल आज र भोलि दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..