सरकारको साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण २४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरिंदै छ । सिंहदरबारमा अपराह्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो । त्यसअघि बिहान १० बजे शीर्ष नेता र कार्यदल संयोजकबीच छलफल गर्ने निश्चित भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाइसकेको छ । तर सो कार्यक्रम सार्वजनिक भने गरिएको छैन ।

बिहान १० बजे बालुवाटारमा शीर्ष नेताहरुले कार्यदल संयोजक पूर्णबहादुर खड्कासँग छलफल गरेर साझा कार्यक्रम सार्वजनिक गर्ने समय र स्थान निश्चित गरिने एक नेताले बताए ।

कार्यदलका एक जना सदस्य रमेश लेखकले भने मन्त्रिपरिषद बैठकबाट साझा कार्यक्रम स्वीकार गरेको भनेर सैद्धान्तिक निर्णय गरेर सार्वजनिक गर्दा राम्रो हुने सुझाव आफूले कार्यदल संयोजक खड्कालाई दिएको जानकारी दिए ।

साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, संघीयता सुदृढीकरणलगायत विषय समेटिएको नेताहरु बताउँछन् ।

कार्यदल संयोजक एवम् कांग्रेस महामन्त्री खड्काले साझा कार्यक्रममा स्थानीय निकायलाई प्रदेश मातहत ल्याउन कार्यदलले सिफारिस गरेको भनी सार्वजनिक भएका समाचार सत्य नभएको स्पष्टीकरण सामाजिक सन्जालमार्फत् दिएका छन् ।

कार्यदलमा कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..