टोकियो ओलम्पिक : केन्याका किपचोगेले जिते म्याराथनमा स्वर्ण

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण २४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

केन्याली धावक एलिउड किपचोगेले जापानमा भइरहेको टोकियो म्याराथनमा स्वर्ण जितेका छन् । ३२औं गृष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबार बिहान भएको पुरुष म्याराथनमा किपचोगेले स्वर्ण जित्दै ओलम्पिक स्वर्ण रक्षा गरेका हुन् ।

उनले यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि म्याराथनमा स्वर्ण जितेका थिए ।

विश्व कीर्तिमान धावक किपचोगेले दुई घण्टा ८ मिनेट ३८ सेकेण्डका दूरी पूरा गरे । उनले दोस्रो स्थानमा रहेका खेलाडीलाई एक मिनेट २० सेकेण्डले पछि पारे । किपचोगे सन् २००४ र २००८को ओलम्पिमा ५००० मिटर दौडेका थिए । २००४ मा उनले कांस्य र २००८ मा रजत जितेका थिए । किपचोगेले सन् २०१८ मा भएको बर्लिन म्याराथनमा २ घण्टा एक मिनेट ३९ सेकेण्डको विश्व कीर्तिमान बनाएका थिए ।

३६ वर्षीय किपचोगे ओलम्पिक म्याराथनमा एकभन्दा धेरै स्वर्ण पदक जित्ने तेस्रो खेलाडी बनेका छन् ।

नेदरल्याण्ड्सका अब्दी नागियेले दुई घण्टा ९ मिनेट ५८ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै रजत जिते भने बेल्जियमका बसिर अब्दीले २ घण्टा १० मिनेटमा दूरी पूरा गरेर कास्य जिते ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..